नेपाल न्युज प्वाइन्ट डटकम
किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबारबाटै नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि संकटग्रस्त घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग आज छलफल गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वैशाख २८ गते नै पक्राउ पुर्जी जारी भएका अध्यक्ष तामाङ पनि सहभागी हुन गएका थिए ।

सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त दरबारमार्गमा लगिएको जनाएको छ ।

1bab1749-5d60-4eb4-97b6-069dd6dee1fc-1789382931.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update