नागढुंगा-नौबिसे सडक खण्ड भासियो
काठमाडौं : त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।
सडक डिभिजन कार्यालय धादिङका अनुसार नागढुंगा नजिकै पातले वन भन्ने स्थानमा सडक भासिएको हो। सडक भासिएपछि सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन् ।
सडक जोखिमपूर्ण बनेकाले हालका लागि इन्धन (पेट्रोलियम पदार्थ) बोकेका सवारी साधनलाई मात्र यो रुट भएर चल्न दिइएको डिभिजनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ ११:४८
प्रतिक्रिया दिनुहोस्


