नेपाल न्युज प्वाइन्ट डटकम
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं : नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै उनी फाइनलमा पुगेका हुन् । तीन राउन्डको खेलमा स्प्लिट डिसिजनका आधारमा ढाँट विजयी भएका हुन् ।

पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए । तेस्रो जजले ढाँटकै पक्षमा २९–२८ अंक दिएपछि ढाँट विजयी भएका हुन्।

ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update