नेपाल न्युज प्वाइन्ट डटकम
बाढी प्रभावितका लागि बीएटी–४० अधिकृतद्वारा ३ लाखभन्दा बढी सहयोग

काठमाडौं : भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बीएटी–४० का शाखा अधिकृतहरूले ३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

अधिकृतहरूले आपसमा संकलन गरेको कुल ३ लाख २४ हजार ४४४ रुपैयाँ ४४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

उक्त सहयोग बाढी प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरिएको हो। कठिन विपद्को घडीमा सरकारी प्रयासलाई साथ दिन व्यक्तिगत रूपमा रकम उठाएर कोषमा बुझाइएको अधिकृतहरूले बताएका छन्।

हाल भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ता व्यक्तिहरूको विवरण अद्यावधिक हुने क्रममै छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा आवासीय र सार्वजनिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

सरकारले राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइरहेका बेला विभिन्न निकाय र व्यक्तिहरूबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ।

5c05d6c4-22b6-401b-a614-d7cc8a523171-1788069374.jpg
899bf983-d35f-4529-9acb-3c7e5f31d751-1788069375.jpg
602ac73e-2707-477a-91e9-387a5e211142-1788069373.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update