५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : गृह मन्त्रालयले ५८ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
दैलेखका सिडिओ रहेका बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओ, गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख, रोल्पामा कार्यरत वासुदेव दाहाललाई पाँचथर, जुम्लाका खिमबहादुर रायमाझीको गृह मन्त्रालयमा सरुवा भएको छ ।
रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल तथा मुस्ताङमा मोहनराज जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ १८:००
प्रतिक्रिया दिनुहोस्


