नेपाल न्युज प्वाइन्ट डटकम
दसैंमा घर फर्किने बढे, उपत्यकाबाट ५ लाख यात्रु बाहिरिए

काठमाडौं : बडादसैं मनाउन काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या ५ लाखनजिक पुगेको छ । घटस्थापनादेखि शनिबारसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छोडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार २५ असोजदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको संख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ ।

दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै उपत्यकाबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update