नेपाल न्युज प्वाइन्ट डटकम
धादिङका ७०० बाढी प्रभावित परिवारलाई रेडक्रसको नगद सहायता, ५५४ जनाको खातामा रकम जम्मा

धादिङ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढीबाट प्रभावित धादिङ जिल्लाका गल्छी र गजुरी गाउँपालिकाका ७०० परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमअन्तर्गत बैंक खाता भएका ५५४ जना प्रभावितको खातामा प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले सहायता रकम जम्मा गरिसकिएको छ भने बैंक खाता नभएका बाँकी प्रभावितलाई हाल नगद सहायता वितरण भइरहेको छ।

दुवै गाउँपालिकाको सिफारिसका आधारमा छनोट गरिएका बाढी प्रभावित परिवारलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमको उद्देश्य विपद्बाट प्रभावित परिवारका तत्कालीन आवश्यकता पूरा गर्न सहयोग गर्नुका साथै चाडपर्वको समयमा दैनिक जीवनयापन सहज बनाउनु हो ।

ss-1792047993.jpg

नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक सरोज थापाका अनुसार स्थानीय तहको सिफारिसका आधारमा लाभग्राही पहिचान गरी सहायता वितरण प्रक्रिया अघि बढाइएको हो। कार्यक्रमअन्तर्गत बैंक खाता भएका ५५४ जना प्रभावितको खातामा रकम पठाइसकिएको छ भने बैंक खाता नभएका बाँकी प्रभावितलाई नगद सहायता वितरण भइरहेको छ।

बहुउद्देश्यीय नगद सहायतामार्फत प्राप्त रकम प्रभावित परिवारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्न सक्नेछन्। बाढीका कारण खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तथा अन्य घरायसी आवश्यकताको व्यवस्थापनमा परेको आर्थिक भार कम गर्न यस सहायताले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ss1-1792048004.jpg

कार्यक्रम संयोजक थापाका अनुसार नगद सहायताले प्रभावित परिवारलाई आफ्नो आवश्यकताअनुसार खर्च गर्ने स्वतन्त्रता प्रदान गर्नुका साथै तत्काल आवश्यक सामग्री खरिद गर्न र चाडपर्वका बेला घरपरिवारको व्यवस्थापन गर्न सहयोग पुग्नेछ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बाढी प्रभावित परिवारलाई चाडपर्वको समयमा नगद सहायता उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै यसले प्रभावित परिवारको दैनिक जीवनयापन सहज बनाउन सहयोग पुग्ने बताए।

ss3-1792048017.jpg

कार्यक्रममा प्रभावित वडाका वडा अध्यक्षहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति दुर्लभकुमार तामाङलगायत स्थानीय जनप्रतिनिधि तथा रेडक्रसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विपद्पछिको अवस्थामा प्रभावित परिवारलाई समयमै सहायता उपलब्ध गराउनु आवश्यक रहेकाले नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी नगद सहायता वितरणलाई अघि बढाएको हो। यस कार्यक्रमले प्रभावित परिवारलाई आफ्ना प्राथमिक आवश्यकता पहिचान गरी सम्बोधन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

रेडक्रसले बाढी प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न सञ्चालन गरिरहेको यस कार्यक्रमबाट प्रभावित परिवारको तत्कालीन आर्थिक कठिनाइ कम हुनुका साथै विपद्पछिको जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

ss4-1792048037.jpg
ss5-1792048083.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update