चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं : चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।
गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १९:०३
प्रतिक्रिया दिनुहोस्