नेपाल न्युज प्वाइन्ट डटकम
संसद् बैठकमै ढले सांसद खड्का

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेकै बेला आफ्नै आसनमा बसेका खड्का एक्कासि लडेका हुन् ।

घटनापछि सभामुख डोलप्रसाद अर्यालले बैठकको क्रम केही समयका लागि रोक्दै बोलिरहेका सांसद शर्मालाई रोक्न लगाएका थिए । त्यसैबीच कांग्रेसका अन्य सांसदहरू हतारिँदै खड्कालाई सहयोग गर्न अगाडि बढेका थिए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण खड्का अस्वस्थ भएका हुन् । हाल उनको संसद् भवनभित्रै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

घटनापछि केही समय अवरोध भए पनि प्रतिनिधि सभा बैठक पुनः सञ्चालनमा आएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update