श्रम शक्ति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुखको चेतावनी
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टी, नेपालका सांसदहरूलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि उनले सो चेतावनी दिएका हुन् ।
सभाको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले उक्त पार्टीका सांसदहरूलाई प्रतिनिधिभास नियमावली, २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालले स्पष्ट पारे ।
उक्त पार्टीका सांसदहरूले दैनिक रूपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन् । अध्यक्ष साम्पाङ बैठक कक्ष नै छोडेर पनि हिँडेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ ११:४८
प्रतिक्रिया दिनुहोस्


