नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।

शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा उनी अत्यधिक बहुमतले निर्वाचित भएका हुन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा राति अबेरदेखि मतगणना गरिएको थियो।

महाधिवेशनको सञ्चार केन्द्रका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ५४ मत बदर भएको थियो।

निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update