नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । 

बैठक सुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

उक्त दलले सोमबारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update