संसद्मा प्लेकार्डसहित श्रम संस्कृति पार्टीको विरोध, सभामुखको आपत्ति
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफना गतिविधि गर्न सांसदहरूलाईं निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित सरकारको विरोध गर्दै केहीबेर उठेर मौन प्रदर्शन गरेपछि उनले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरूलाई सचेत गराएका हुन् ।
उनले भने, संसद् कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो । त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा रहेर विरोध गर्न म यहाँहरूलाई यो आदेशकै रुपमा लिइदिन जानकारी गराउँदछु ।’
अहिले पनि सो पार्टीका सांसदहरूले घाँटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ ११:३६
प्रतिक्रिया दिनुहोस्


