प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म विरोध जारी रहन्छ : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा नआएसम्म विरोध जारी राख्ने बताएको छ ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह संसद्मा नआएसम्म विरोध जारी राख्ने बताएका हुन् ।
उनले संविधानको धारा ७६ को उपधारा १० बमोजिम प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरादायी बनाउन खोजिएको बताए । प्रधानमन्त्रीसँग गम्भीर प्रश्नहरू सोध्न बाँकी रहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३ ११:५६
प्रतिक्रिया दिनुहोस्


