विपक्षी दलहरुद्वारा फेरि प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौं : नेपाली कांग्रेससहितका विपक्षी दलहरुले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भीष्मराज आङ्देम्बेले लिएपछि विपक्ष दलका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन् ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारु गराउन पटक पटक आग्रह गरेपनि विपक्षी दलहरूले मानेका छैनन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ १५:१६
प्रतिक्रिया दिनुहोस्


