नेपाल न्युज प्वाइन्ट डटकम
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छ : आङ्देम्बे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण पनि गराए । नेता आङ्देम्बेले आफूले प्रधानमन्त्री बिरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह बेवास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । 

नेता आङ्देम्बेले संसद्‍मा सरकारको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीले अनुपस्थिति हुनेकुरा हुन नसक्ने पनि बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update