प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् ।
निर्वाचनमा विजयी हुने प्रचण्ड एक्ला पूर्वप्रधानमन्त्री हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३ १२:१८
प्रतिक्रिया दिनुहोस्


