नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदम असंसदीय र अलोकतान्त्रिक भएको ठहर गरेका छन् ।

आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो । बैठकपछि जारी विज्ञप्तिमा सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको छ ।

सरकारले वैशाख १४ गते ‘संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६’ र ‘सहकारी ऐन, २०७४’ संशोधन गर्न दुई अध्यादेश ल्याएको छ । त्यसैगरी वैशाख १५ गते ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘केही नेपाल कानुन संशोधन अध्यादेश’ र ‘विश्वविद्यालयसम्बन्धी अध्यादेश’ पनि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा संसद् अधिवेशन आह्वान गरेर तत्काल स्थगन गरी अध्यादेशमार्फत कानुन संशोधन गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख छ । विपक्षी दलहरूले यस्ता अध्यादेश तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

pp-1777452177.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update