कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेतामा मनोनयन गरेका हुन् ।
यसअघि उक्त पदमा रहेका कृष्णप्रसाद सिटौलालाई हटाउँदै पन्तलाई जिम्मेवारी दिइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । कांग्रेस विधानअनुसार प्रतिनिधिसभा संसदीय दलका नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार हुन्छ ।
सिटौला यसअघि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा राष्ट्रिय सभा दलको नेतामा नियुक्त भएका थिए । पछिल्लो निर्णयसँगै पार्टीभित्रको शक्ति सन्तुलनमा समेत फेरबदल आएको विश्लेषण गरिएको छ ।
पन्त कांग्रेस सभापति गगनकुमार थापा निकट मानिन्छिन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३ १२:४६
प्रतिक्रिया दिनुहोस्


