नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं : नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

संसदीय दलको बैठकमा आङ्देम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।

पार्टी सभापति गगनकुमार थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

आङ्देम्बे समानुपातिकतर्फबाट सांसद भएका हुन् । उनी निवर्तमान सहमहामन्त्री हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update