नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए ।

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update