नेपाल न्युज प्वाइन्ट डटकम
सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यक्रम हाललाई स्थगित गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनिश्चित समयका लागि रोकिएको हो ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रदेश कार्यसमितिलाई पठाएको पत्रमार्फत शनिबारका लागि तय गरिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका छन् ।

पत्रमा स्थगनको ठोस कारण उल्लेख नगरिएको भए पनि ‘विशेष परिस्थितिका कारण’ कार्यक्रम रोकिएको उल्लेख छ ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश कार्यसमितिबाट अपेक्षित समन्वय र चासो नदेखिएपछि कार्यक्रम अघि नबढाइएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update