नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार, लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापति उमेदवार टुंगो लगाएको छ ।

बिहीबार संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको उमेदवार टुंगो लगाएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update