कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ ।
आज सानेपामा बसेको पार्टीकव केन्द्रीय अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए ।
पार्टीको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको उनले बताए ।
गुरुङका अनुसार गत चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।
तर खड्काले चैत ३० गते फेरि आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै प्रेस विज्ञप्ति पनि जारी गरेपछि स्पष्टीकरण सोधिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १५:१५
प्रतिक्रिया दिनुहोस्


