नेपाल न्युज प्वाइन्ट डटकम
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

शुक्रबार उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ । यस्तै शुक्रबार नै संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

1-1775735025.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update