उपसभामुख पदमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी दर्ता
काठमाडौं : उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको समानुपातिक सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।
यस्तै श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले पनि उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
२५ वर्षीया ठाकुर समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।
ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १४:०६
प्रतिक्रिया दिनुहोस्



