नेपाल न्युज प्वाइन्ट डटकम
उपसभामुख चयनका लागि चैत २७ मा निर्वाचन हुने

काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको सन्दर्भमा आगामी चैत २७ गते निर्वाचन गर्ने तयारी गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त निर्वाचन प्रक्रियालाई अघि बढाउन आवश्यक कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुख दुवै पदको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । यसअघि चैत २२ गते सभामुख पदमा निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update