प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन
काठमाडौं : प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको हो ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कबिन्द्र बुर्लाकोटीले राखेको मस्यौदा समिति गठनको प्रस्ताव स्वीकृत भएको हो ।
समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । समितिको सदस्यहरूमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल रहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १४:५९
प्रतिक्रिया दिनुहोस्



