नेपाल न्युज प्वाइन्ट डटकम
संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

काठमाडौं : संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले चैत २४ गते निर्वाचन गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गरेको हो ।

बैठकले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update