नेपाल न्युज प्वाइन्ट डटकम
सभामुखमा डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुखका लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । 

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update