एमाले संसदीय दलको नेतामा बादल निर्विरोध
काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हो ।
दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।
दलको नेतामा चयन भएका बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।
निर्विरोध निर्वाचित भएपछि सुहाङले बादललाई खादा ओढाएर बधाई दिएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १६:५४
प्रतिक्रिया दिनुहोस्



