नेपाल न्युज प्वाइन्ट डटकम
सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल सुरु

काठमाडौंः सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी छैनन् । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी छन् । 

प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस विपीसँग सहकार्य गरेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update