नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनी हाल काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १९:०३
प्रतिक्रिया दिनुहोस्


