१९ उपसचिव र ८ अधिकृतको सरुवा
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको छ ।
सरुवा भएका अधिकांश उपसचिवहरुलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । केहीलाई भने जिल्ला समन्वय समितिमा पनि पठाएको छ ।
त्यस्तै केही अधिकृत पनि परिवर्तन भएका छन् । ८ शाखा अधिकृतको कार्यक्षेत्र फेरबदल गरेको मन्त्रालयले गरेको छ ।



प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ १२:४७
प्रतिक्रिया दिनुहोस्


