नेपाल न्युज प्वाइन्ट डटकम
सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

काठमाडौं : सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।

जाहेरी परेसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरु गरिसकेको छ ।

अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी हुँदा ठुलो क्षति भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update