दोलखामा हिमपहिरो : ५ विदेशीसहित ७ जनाको मृत्यु
काठमाडौं : दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।
हिमपहिराेमा परेर ७ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । मृतककाे सनाखत भइनसकेकाे उनले बताए ।
सो घटनामा ५ जना घाइते भएको समेत उनले बताएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्


