नेपाल न्युज प्वाइन्ट डटकम
राजु पाण्डेको रिट उच्च अदालतद्वारा खारेज, निलम्बन यथावत्

काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।

न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो ।

पाण्डे गत जेठ २० गते निलम्बनमा परेका थिए । त्यसपछि जेठ २६ गते उनले रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । त्यपछि उनी काममा फर्किएका थिए ।

रिट खारेजीसँगै पाण्डेको निलम्बनले निरन्तरता पाउने भएको छ । उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update