नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

काठमाडौं : राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल, संघीय संसद्का महासचिव र प्रतिनिधि सभाका सचिवसमक्ष आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update