नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ : जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका घर भएका २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई सिसिक्यामेराको फुटेका आधारमा पक्राउ गरिएको हो । जवान थापाको हत्यामा संलग्न ६ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update