पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा पूर्वसचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा काम गर्दा खरिदसम्बन्धी फाइलमा अनियमितता भएको अख्तियारको ठहर छ ।
केही साताअघि जेनजी सरकार गठनका क्रममा उनी स्वास्थ्यमन्त्री बन्ने चर्चामा आएकी थिइन् । तर अख्तियारले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको सूचना प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई दिएको केही दिनमै उनको नाम मन्त्रीको सूचीबाटै हटाइएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ १३:१२
प्रतिक्रिया दिनुहोस्