नेपाल न्युज प्वाइन्ट डटकम
अघिल्लो सरकारको पालामा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं : सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन, जापानलगायतका देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update