नेपाल न्युज प्वाइन्ट डटकम
माइतीघरमा प्रदर्शन गर्न पुगेका १३ जना पक्राउ

काठमाडौं : माइतीघर मण्डलामा प्रदर्शन गर्न पुुगेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update