युवराज सफलले दिए बालेन र सुदनविरुद्ध जाहेरी

काठमाडौं : युवराज पौडेल (सफल)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
सफलले आज काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन् । उनले गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको विषयलाई लिएर जाेहरी दिएका हुन् ।
शाह र गुरुङविरुद्ध यसअघि नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ १५:५०
प्रतिक्रिया दिनुहोस्