नेपाल न्युज प्वाइन्ट डटकम
मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन : मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । 

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो । 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update