नेपाल न्युज प्वाइन्ट डटकम
मुग्लिन–नारायणगढ सडक पुन: अवरुद्ध

काठमाडौंः मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ठूलो सुक्ख पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो ।

गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएका कारण उक्त सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । निरन्तर रूपमा  पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update