नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रालयमै सुत्ने खाट व्यवस्था गर्न शिक्षामन्त्री महावीर पुनको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । सोमबार पदभार ग्रहरणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने व्यस्थापन गर्न भनेका हुन् ।

'म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस्, खाट र कुर्सी चाहिन्छ । किचन भए पुग्छ, म आफैँ पकाएर खान्छु', मन्त्री पुनले भने ।

उनले आफूलाई प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने बताए । 'अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु । मेरो अघिपछि आउनु पर्दैन ', पुनले भने ।

उनले मन्त्रालयको कामका लागि बाहिर जाँदा गाडी भने प्रयोग गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update