सञ्चारमन्त्री खरेलको पहिलो निर्णय- प्रमुख १० सहरका सावर्जनिक स्थानमा निःशुल्क वाइफाइ
-1758540429.jpeg)
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १७:१२
प्रतिक्रिया दिनुहोस्