नेपाल न्युज प्वाइन्ट डटकम
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्य हटाइए, मनोज सिलवाल नियुक्त

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सिलवाललाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सिलवाल यसअघि प्राधिकरणमै उपकार्यकारी निर्देशकको भूमिकामा कार्यरत थिए । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update