नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

nagarikta-bidheyek-pramanikaran-1758443463.png
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update