नेपाल न्युज प्वाइन्ट डटकम
वैशाखयता विपद्का घटनामा २४३ जनाको निधन

गत वैशाखदेखि हालसम्म देशभर कुल ३ हजार ६८१ विपदका घटना भएका छन् । यसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । १ हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने १ सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर १ हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।

बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् ।

यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर ६ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।

सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update